काठमाण्डौ । एमालेका पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाण्डौ क्षेत्रनम्बर २ बाट शानदार जित हासिल गरेका छन् । 

उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ११ हजार मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । 

उनले २५ हजार ६ सय ३३ मत ल्याएर विजयी भए । उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४ हजार २ सय ७ मत प्राप्त गरे । 

एमालेले यसअघि काठमाण्डौ ३, ८ र ९ मा जित हासिल गरिसकेको छ । यो चौथो जित हो ।