काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले आज काठमाण्डौको सामाखुसीस्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ। 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आश्रमलाई सहयोग गरेको हो। घरबारविहीन, सडकपेटीमा बस्ने व्यक्ति तथा मानसिक सन्तुुलन गुुमाएका व्यतिmलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्षअघि स्थापना भएको उक्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ। 

एक कार्यक्रमका बीच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेका थिए। यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै श्रेष्ठले यससम्बन्धी कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी मानव सेवा आश्रमकी सञ्चालिका यशोदा बर्तौलाले आफ्नो विचार राखिन्। 

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना १०४ शाखा कार्यालयमार्फत समय–समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ।