काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक 'चाँदीको झिलिमिली' योजना ल्याएको छ । 

यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन्। यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।

मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा उत्पादितउच्च गुणस्तरको नम्बर १ ओपीसी सिमेन्ट हो । यो आईएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिह्नप्राप्त सर्वाधिक विश्वाशिलो ब्रान्डका रुपमा स्थापित भइसकेको छ ।