काठमाण्डौ। मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ।
संस्थाले समीक्षा अवधिमा सेयर पुँजी ५ प्रतिशतले वृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको छ। बचत संकलन ३५ प्रतिशतले वृद्धि गरी ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा संस्थाको ऋण लगानी ३० प्रतिशतले वृद्धि भएको छ। संस्थाको वासलत ७५ करोड रुपैयाँ छ। आउने आर्थिक वर्षमा वासलत १ अर्ब पुर्याउने संस्थाको लक्ष्य रहेको छ।
संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफामा समेत ९५ प्रतिशतले वृद्धि गरेको छ। कोरोना महामारीको समयमा समेत संस्थाले नाफा र अन्य वित्तीय विवरणमा उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष धामीले जानकारी दिए। संस्थामा जगेडा तथा अन्य कोष २ करोडभन्दा बढीको छ।
काठमाण्डौंको कुलेश्वरमा प्रधान कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरु काठमाण्डौको सुन्धारा र मैतीदेवीमा रहेको छ। सहकारीमा २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरुसमेत गर्दै आइरहेको छ। नाफाको ३ देखि ५ प्रतिशत सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेको सहकारीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19