काठमाण्डौ ।  एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न चहाने विद्यार्थीले अब आफ्नै गाउँघरमा बसेर इन्टरनेटमार्फत अनलाइन पढ्न पाउनेछन्। 

दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीलाई आफनै गाउँघरमा बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने व्यवस्था गरेको छ।

मिदास ई–क्लासमा MBBS का साथै BDS, B.Sc. Nursing, B. Perfusion Technology, BAMS, B.Pharmacy, B.PH., B.Optometry, B.Sc. MLT, BMIT र BPT को पनि प्रवेश परीक्षाको अनलाइन क्लास हुन्छ।

एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न मिदास ई–क्लास नै किन?

१. समयको सदुपयोग गर्न पाउने र पढाइमा ध्यान दिन पाउने

विद्यार्थीले छोटो समयमा एबीबीएसको प्रवेश परीक्षाको तयारी गर्नुपर्ने हुनाले उनीहरुले समयको सदुपयोग गर्न र पढाइमा पूर्ण ध्यान दिन आवश्यक छ। घरमै बरेर अनलाइन पढ्दा समय र पैसा दुवैको बचत हुन्छ। इन्स्टिच्युट जाँदा आउँदा हुन सक्ने थकान पनि हुँदैन।  नयाँ ठाउँ र नयाँ साथीहरुको संगतले हुन सक्ने डिस्ट्रयाक्सनबाट पनि बचिन्छ।  

२. अनुभवी र उत्कृष्ट शिक्षकसँग उत्तम प्रविधि प्रयोग गरेर पढ्न पाइने 

मिदास ई–क्लासमा आइतबारदेखि शुक्रबारसम्म बिहान दुई घन्टा र बेलुका दुई घन्टा लामो समय एमबीबीएस इन्ट्रान्स प्रिपेरेसन कक्षा पढाएका अनुभवी र उत्कृष्ट शिक्षकहरुले उत्तम प्रविधि प्रयोग गरेर अनलाइन पढाउँछन्। 

३. शिक्षकले कक्षामा पढाएको नबुझेमा रेकर्डेड भिडियो दोहोर्याई तेहेर्याई हेरेर पाठ बुझ्न पाइने

शिक्षकले कक्षामा पढाएको सबै कुरा विद्यार्थीले नबुझेका हुन सक्छन्। नबुझेको कुरा सोही दिन वा पछि कक्षामा सोध्ने माहोल नहुन सक्छ। कक्षामा बुझेजस्तो लागेको कुरा पछि बिर्सने वा नबुझेको पनि हुन सक्छ। कहिले काहीँ कक्षा छुट्न पनि सक्छ। त्यसैले मिदास ई–क्लासमा शिक्षकले कक्षामा अनलाइन पढाएको कुरा रेकर्ड गरेर भिडियो बनाएर विद्यार्थीलाई उपलब्धा गराइन्छ, जसले गर्दा उनीहरुले आफ्नो समयमा दोहोर्याई तेहेर्याई ती भिडियोहरु हेरेर पाठ बुझ्न सक्छन्।

४. पढेको पाठको अभ्यास प्रविधि प्रयोग गरेर सही तरिकाले गर्न पाइने

एमबीबीएस प्रवेश परीक्षामा पहिले सोधिएका र हरेक पाठबाट आउन सक्ने ११००० भन्दा बढी प्रश्न उत्तरहरु मिदास ई–क्लासमा पाठअनुसार छुट्याएर प्राक्टिस गर्न उपलब्ध गराइएको छ। किताबमा हेरेर अभ्यास गर्दा आफूले पढेको पाठको प्रश्न छुट्याउन गाह्रो हुने, आफूले छानेको उत्तर सही हो वा होइन थाहा पाउन समय लाग्ने आदि समस्याहरु हुन सक्छन्। तर मिदास ई–क्लासमा आफूले छानेको पाठको मात्र प्रश्नहरु एकै ठाउँमा आउँछन्, उत्तर छान्नेबित्तिकै मिल्यो वा मिलेन थाहा हुन्छ, मिलेन भने सही उत्तर कुन हो, थाहा हुन्छ। यसले विद्यार्थीहरुलाई आफूले पढेको पाठको अभ्यास गर्न धेरै नै सजिलो बनाउँछ।

५. पढ्दा कन्फ्युज भएमा डाउट क्लियरिङ क्लासमा तुरुन्त शिक्षकसँग सोध्दै सिक्न पाइने

विद्यार्थीहरु पाठ रिभाइज गर्दा वा अभ्यास गर्दा कत्ति कुराहरु नबुझेर अल्मलिएका हुन्छन्। यसले उनीहरुको समय खेर गइरहेको हुन्छ भने कत्ति कुराहरु उनीहरु नबुझीकनै त्यत्तिकै छोड्न बाध्य हुन्छन्। यी समस्याको समाधान गर्न मिदास ई–क्लासमा विद्यार्थीले हरेक दिन दिउँसो २ घन्टा सोध्दै सिक्न पाउने डाउट क्लियरिङ क्लासको व्यवस्था गरिएको छ।

६. उच्चतम प्रविधि प्रयोग गरेर पाठ पढ्न, अभ्यास गर्न, सिकाइ मूल्यांकन गर्न, समीक्षा गर्न र सिकाइको प्रगति नियमित निगरानी गर्न पाइने

पाठ पढुन्जेल वा अभ्यास् गरुन्जेल विद्यार्थीहरुलाई सबै कुरा जानेजस्तो लाग्छ। तर, सही तरिकाले मूल्यांकन नगरेसम्म उनीहरुले कत्तिको जाने थाहा हुँदैन। त्यसैले मिदास ई–क्लासमा विद्यार्थीले आफूले पढेको वा अभ्यास गरेको पाठ छानेर जतिबेला पनि स्वमूल्यांकन र समीक्षा गर्न पाउने प्रविधि उपलब्ध गराइएको छ।

विद्यार्थीले पाठ दोहोर्याई तेहेर्याई पढ्दा र अभ्यास गर्दा, आफ्नो सिकाइको प्रगति कस्तो भइरहेको छ थाहा पाउन आवश्यक छ। त्यसका लागि मिदास ई–क्लासमा प्रोग्रेस मनिटरिङ टुल उपल्ब्ध गराइएको हुन्छ। जसबाट विद्यार्थीले आ–आफ्नो सिकाइको प्रगति कस्तो भइरहेको छ थाहा पाउँछन्।

मिदास ई–क्लास विद्यार्थीले ल्यापटप र एन्ड्रोइड फोन वा ट्याबलेटबाट प्रयोग गर्न पाउँछन् । 

यो सेवा कसरी लिने ?

मिदास ई–क्लासबाट इन्ट्रान्स प्रिपेरेसन (After +2 Biology) गर्न यो फारम भर्नुहोस्। 

https://www.midaseclass.com/applicationform8

थप जानकारीका लागि निम्न नम्बरमा फोन गर्नुहोस्– 

 9847395987, 9823315756

WhatsApp: 9745616966