काठमाण्डौ । नेपालको प्रतिष्ठित अस्पतालमध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ।
यो एपमार्फत बिरामीले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीले ओपीडी टिकटहरु बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरु पनि एप बाटै प्राप्त गर्ने सक्नेछन्।
यसैगरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्न छन्। यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनुपर्ने झन्झटलाई कम गर्नेछ। यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्नेछ।
दशकौँ लामो समयदेखि बिरामीलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एपमार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19