काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेशमातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीलाई बाराको कलैयास्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवर्द्धन तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ।

संस्थाको मधेश प्रदेश प्रमुख राम किशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी र कर्जा विभाग प्रमुख राजेश श्रेष्ठले तालिमका सहभागीलाई सहजीकरण गरेका थिए। 

तालिममा कर्मचारीलाई व्यवसाय प्रवर्द्धनका सिकाइहरु, लघुवित्तको मूल मर्म, कर्जा विश्लेषण र जोखिम व्यवस्थापन, गुणस्तरीय धितो कर्जा लगानी प्रक्रियालगायतका विषयमा जानकारी गराइएको थियो। 

चालु आर्थिक वर्षको सुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि संस्थाले विभिन्न तालिमहरुको आयोजना गर्दै आएको छ। संस्थाले राष्ट्र बैंकले दिएको निर्देशनअनुरुप प्रादेशिक संरचनामा समेत कार्य थालनी गरिसकेको छ। 

संस्थाले त्रैमासिक रिपोर्टको समीक्षा गर्दै कर्मचारीहरुसँग साक्षात्कारसहित समस्याहरुको सुनवाइका लागि यस्तो कार्यक्रमहरु गरिएको र निरन्तर वेबिनारमार्फत पनि कार्यक्रमहरु भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज बोहराले बताए।