काठमाण्डौ । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालन तालिम दिएको छ।
रौतहटस्थित होटल तराई इनमा सम्पन्न उक्त चरणबद्ध आवासीय तालिम कार्यक्रम संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। मधेश प्रदेशका प्रादेशिक प्रमुख रामकिशोर चौधरीबाट सञ्चालन गरेको तालिम कार्यक्रममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले मुख्य रुपमा सहजीकरण गरेका थिए।
कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका साथमा पानसमा दिप प्रज्ज्वलन गरी प्रमुख अतिथि बोहराले गरेका भने स्वागत मन्तव्य प्रादेशिक उपप्रमुख षडेन्द्रप्रसाद त्रिखत्रीको रहेको थियो। कलैया शाखाका शाखा प्रमुख बमबहादुर चौधरीले कार्यसञ्चालन सम्बन्धमा सहजीकरण गरेका थिए।
लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसंगै कार्यसञ्चालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय–समयमा थप ज्ञान सीपको विकास प्रवर्द्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारी लक्षित तालिम कार्यक्रम आयोजना गरिएको सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराले बताए।
कार्यक्रममा संस्थाको मधेश प्रदेशका २५ वटा शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारीहरु एवं सहजकर्तासमेत गरी लगभग १०० को संख्यामा कर्मचारीहरु उपस्थित थिए। वित्तीय संस्थामा करिब ७५० कर्मचारी कार्यरत छन् भने १४८ शाखा सञ्जालमार्फत वित्तीय संस्थाले करिब १ लाख ३५ हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ।
वित्तीय संस्थाले यसअघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्ध ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19