काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहारका अवसरमा आफ्ना ग्राहकका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा मी टीभी ४एप्रो ३२ जित्ने मौका पाउनेछन्।

यस अफरका बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा ग्राहकहरुबाट अप्रत्यासित माया र समर्थन पाएका छौँ। तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकका लागि ‘१२ दिन १२ टीभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यस चाडपर्वका अवसर पारी ग्राहकमा उत्साह थप्न मीका फोन किन्न इच्छुकहरुका लागि मीको टीभी जित्ने अफर ल्याएका छौँ।’

अफरअन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकले मी टीभी ४एप्रो ३२ टीमी जित्ने मौका पाउनेछन्। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनुपर्नेछ। प्रत्येक दिन एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत मी टीभी ४एप्रो ३२ टीभी जित्ने मौका पाउनेछन्। 

यो अफर आज कात्तिक २ गतेदेखि आउँदो कात्तिक १३ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ।