काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग पनि सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका थिए । 

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकल भिजा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।