काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन बुढानीलकण्ठस्थित होटेल सबरिनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले होटेल सबरिनाबाट होटेल बसाइ, खाना, बेबरेज, बेकरी तथा सौनाको सेवा लिँदा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्सलगायतका सेवा बैंकका शाखाहरुमा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19