काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ। 

बंैकले व्यक्तिगत मुद्दतिमा ३ महिनाका लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ। यसका साथै बैंकले ३ महिने संस्थागत मुद्दतिमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ।

तीन महिना अवधिका लागि वाणिज्य तथा विकास बैंकहरुले असोज महिनाका लागि हालसम्म प्रकाशित गरेको ब्याजदरमध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको हो। 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्थमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।