काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ। 

बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ। बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ। यसैगरी बैंकले  तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्यानिटाइजरजस्ता सामग्रीहरु वितरण गरेको छ।

यससँगै ट्राफिक सचेतनाकाका लागि बोर्ड राख्नका लागि बैंकले पार्वतीपुर बजार सामुदायिक संस्थालाई पनि रु. २५ हजारको सहयोग गरेको छ। यसका साथै इलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका लागि बैंकले रु. १० हजारको आर्थिक सहयोग गरेको छ। 

यसैगरी बैंकले मोटरसाइकल दुर्घटना परी अपांगताको अवस्थामा पुगेका आँधीखोला गाउँपालिका वडा नं. ६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जीविकाका लागि रु. १ लाख सहयोग गरेको छ। 

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकका एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।