काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ। मंसिर महिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुमा सहयोग गरेको छ।

बैंकले गो.न.पा–१ दुंगासाँघु, ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणका लागि रु. १७ हजारको आर्थिक सहयोग गरेको छ।

यससँगै आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई सोही आर्थिक स्थिति कमजोर भएका बालबालिकालाई निःशुल्क टेबल टेनिसको तालिम दिन बैंकले रु. ४० हजारको आर्थिक सहयोग हस्तान्तरण गरेको छ।  

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२ र कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।