काठमाण्डौ । कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ।

काठमाण्डौमा गत पुस २३ गते आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकका रुपमा पुरस्कृत भएको हो। उक्त अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका छन्। 

यसका साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ। 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्थमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२ र कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।