काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सीसीटीभी क्यामेराहरु सहयोग गरेको छ। 

बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सीसीटीभी क्यामेराहरु एक कार्यक्रमबीच जडान गरी शुभारम्भ गरेको छ। कार्यक्रममा बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख वसन्त बक्सी, कोहलपुर क्षेत्रीय प्रमख विजय केसी, नेपालगन्ज शाखाका प्रबन्धक परविन केसी र अन्य कर्मचारीहरु तथा श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो। 

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२ र कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।