काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। 

सोही क्रममा बैंकले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नपा वडा नं. १ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणसम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच आर्थिक सहयोगबराबरको रकमको चेक हस्तान्तरण गरेको हो। 

कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त बक्शी, काठमाण्डौ उपक्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजका तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यको उपस्थिति थियो। 

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षरोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने धारणा बैंकले लिएको छ। मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।