काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ।
सोही योजनाअनुसार बैंकले काभ्रेस्थित काठमाण्डौ विश्वविद्यालय हाई स्कुललाई विद्यार्थीद्वारा आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गरेको हो। काठमाण्डौ विश्वविद्यालय हाई स्कुल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थी यस आईयू क्युबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन्। सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ सालसम्म गरिने छ।
बैंकले काठमाण्डौ विश्वविद्यालय हाई स्कुललाई यसै आईयू क्युबस्याटस् स्याटेलाइट निर्माणकार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रम बीच सहयोगका लागि रु. ७५ हजारको चेक हस्तान्तरण गरेको छ।
कार्यक्रममा बैंकका तर्फबाट बजारीकरण प्रवर्द्धन एवं संस्थागत मामिला विभाग प्रमुख वसन्त बक्शी र अन्य कर्मचारीको उपस्थिति तथा काठमाण्डौ विश्वविद्यालय हाई स्कुकका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो।
यस सहयोगबाट आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न जुटेका सबै विद्यार्थी र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीलाई समेत विज्ञान विषयप्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago