काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन देशभरका विभिन्न ठाउँमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाण्डौको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँ (काठमाण्डौभित्र धुम्बाराही, चाबहिल, लगनखेल, साखु र काठमाण्डौ बाहिर चितवन, नेपालगन्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी, कैलाली, डडेलधुरा)मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago