काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलोपटक सर्वाधिक रु. १ करोड १ लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ।
मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम रु. ५० हजार।मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्ना लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुका लागि रु. ३० लाख गरी कुल रु. ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन्।
यसैगरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम रु. १ लाख मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्ना लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुका लागि रु. ८० लाख गरी कुल रु. १ करोड १ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन्।
बीमा सुविधाअन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ।
यस योजनाका बारेमा थप जानकारीका लागि बैंकको १७६ वटै शाखा कार्यालयमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ (मोबाइल नं. ९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिने बैंकले जनाएको छ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19