काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई ‘ल्यान्डमार्क होटेल्स् एन्ड रिसोर्ट प्रालि’को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ल्यान्डमार्क होटेल्स् एन्ड रिसोर्टअन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाण्डौ, पोखरा, चितवन) रहेका होटेलमा अकोमोडेसन, फुड एन्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत रु. २ करोडसम्मको कृष्ीि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण तथा खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्र सर्वशुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ। इच्छुक ग्राहकले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago