काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारी दुर्घटनामा परी ज्यान गुमाएका बाँकेको कोहलपुर नगरपालिका–११ स्वर्गीय जयप्रकाश घर्तीको परिवारलाई बीमा दाबी भुक्तानीबापत रु १० लाख उपलब्ध गराएको छ।
घर्तीले मुक्तिनाथ विकास बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका कारण उनको परिवारले बीमा दाबी भुक्तानीबापत केही राहत पाएका हुन्। बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो।
बैंकले बुधबार (बैशाख १३ गते) कोहलपुर नपा–११ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानीबापतको रु १० लाखको रकम मृतककी श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरेको छ। उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडाध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
कार्यक्रममा अन्य जनप्रतिनिधि, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारी र स्थानीय व्यक्तिको उपस्थिति थियो। हाल बैंकको परिवार लक्षित रु. १ करोड १ लाखसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शीवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago