काठमाण्डौ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुका साथमा शुक्रबार र शनिबारका दिन ग्राहकमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ सेवासुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता ‘विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम’ सम्पन्न गरेको छ।
विद्युतीय भुक्तानी कारोबार प्रव्र्द्धन तथा घरदैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालय, कलेज, समुदाय केन्द्र तथा अन्य सार्वजजिक स्थलमा गरिएको बैंकले जनाएको छ।
‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल नारा बोकेको मुक्तिनाथ विकास बंैकले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक सेयरधनीको सहभागिता थियो। यसरी वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम राख्दै बैंकले विधार्थी, जनमानस तथा ग्राहकमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनसम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ। यसबाट बैंकको नाममात्र नभई बैंकिङ श्रेत्रका बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यो बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवकर्थमा आबद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago