काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको छ। यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमा यो महिना विभिन्न अस्पतालहरुमा ह्विलचेयर वितरण गरेको छ। 

बैंकले मधेश प्रदेशस्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल र गजेन्द्र ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने ह्विलचेयरहरु हस्तान्तरण गरेको हो। बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्रतर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै ती अस्पतालमा आउने बिरामीलाई केही राहत पुग्ने बैंकको धारणा छ। 

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

यसका साथै बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत रु. २ करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण तथा खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्र सर्वसुलभ ब्याजदरमा कर्जा प्रदान गर्दै आइरहेको छ। इच्छुक ग्राहकले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्।