काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रेमसागर फाउन्डेसन नेपालले धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले जनभोजका लागि एक दिनको लागतखर्च रकम रु ५० हजार सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले फाउण्डेसनका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका थिए ।
फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउँदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजाखाजा स्कुलमा पुर्याउँदै आएको छ ।
बैंकले देशैभरि १२० वटा शाखा, २२ वटा एटिएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरि भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago