काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–५ स्थित टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तीय सहयोगस्वरुप ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्षश्री सागर मिश्रलाई मुक्तिनाथ विकास बैंक पर्सा शाखाका प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका सांसद कृष्णप्रसाद खनालले संयुक्त रुपमा पुस्तकालयद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले देशैभरि १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरि भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।