काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको भिषा डेबिट कार्ड भएका ग्राहकले काठमाण्डौको ज्वेलरी देव कर्नर (के.जे. देव कर्नर) मा गरगहना बनाउने शुल्कमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् ।
यस विषयमा बैंक र के.जे. देव कर्नरबीच सम्झौता भएपछि बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले यस्तो छुटको लाभ उठाउन पाउने भएका हुन् । सम्झौतापत्रमा बैंकका तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र के.जे. देव कर्नरका तर्फबाट प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राही लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
बैंकले देशैभरि रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरि भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago