काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौताबमोजिम अब नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका तर्फबाट प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका छन् । यो सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
बैंकको आफ्नै मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी गत भाद्र १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरिरहेको छ । यस अभियानअन्तर्गत भाग्यशाली विजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२ इन्चको टीभी, १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago