काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत कात्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगीव्यवसायीलाई व्यावसायिक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा सम्पन्न गरेको छ ।
व्यावसायिक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधि, दोहोरो लेखा प्रणाली, आय कर, मूल्य अभिवृद्धि कर ऐनमा भएका संशोधनहरु, वित्तीय कारोबारबारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, व्यवसायमा जोखिम तथा न्यूनीकरणलगायतका विषयमा चेतना अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
व्यावसायिक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगीव्यवसायीको सहभागिता थियो ।
उपस्थित सहभागीले बैंकले व्यावसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायीमा जुन व्यवसायसँग सम्बन्धित ज्ञानमा अभिवृद्धि गर्ने प्रयास प्रशंसायोग्य रहेको साथै कार्यक्रमअति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago