काठमाण्डौ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।

यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्गमार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटीसी,एनसेल र स्मार्टसेल मोबाइलमा टपअप गर्दा पहिलो पटक टपअप गरेको रकमको २० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

यो अभियान २०७६ मंसिर १५ गते देखि लागू भई २०७६ फाल्गुन १४ गतेसम्म संचालन हुनेछ ।हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिचार्ज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले दाबी गरे ।