काठमाण्डौ । नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीले प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुमा राहात सामाग्री वितरण गर्दै आइरहेको छ ।
यही क्रममा बैंकको शाखा कार्यालय तुल्सीपुरले, तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोजकुमार लामिछानेले नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका बैंकले जनाएको छ ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago