काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघुकर्जा लिएकी बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 

बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज  रु.२०३,४८३ र काजक्रिया खर्च बापतको रकम रु.५,००० समेत गरी जम्मा रु.२,०८,४८३ (अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया मात्र ) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख श्री सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समूहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आइरहेको छ ।