काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ।
यस योजनाअन्तर्गत अधिकांश कर्जामा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधा प्रदान गरिने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत न्यूनतम ब्याजदर कर्जा प्रवाह गरिने बैंकले स्पष्ट पारेको छ। त्यस्तै ४८ कार्य घन्टाभित्र कर्जा स्वीकृति गरिने र नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट दिइने बैंकले जनाएको छ।
यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने बैंकले जनाएको छ। कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र हुने बताइएको छ।
यस योजनाअन्तर्गत बैंकले विनासुरक्षण शुल्कमा लकर सुविधा पनि प्रदान गर्नेछ। यो योजनामा बैंकको नियमानुसार सर्तहरु भने लागू हुनेछ।
यसका साथै बैंकबाट कर्जा लिएका ग्राहकले २०७७ असारमसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ साउन मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छुट प्रदान गरिने व्यवस्था बैंकले ल्याएको छ।
बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago