काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण गरेको छ।

उक्त शुद्ध पिउने पानी ट्यांकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष दीपक थापालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरे।

धनगढी उपमहानगरपालिकाको बसपार्क सुदूरपश्चिमकै केन्द्रविन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताका लागि शुद्ध पिउने पानी ट्यांकीको निर्माण गरिएको हो। 

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकका एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।