काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्नेबारेमा एक सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एसोसिएसन (अडान) मा आबद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेसनल कर्जा प्रदान गर्नेछ। सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र अडानका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन्।
यो सम्झौताअनुसार अडानका आजीवन सदस्यहरु कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले थप लाभ हुने अपेक्षा गरिएको छ।
अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एवं लेखा व्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ। संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रीय कार्यसमिति रहेका छन्।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago