काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंक र केएफ डब्ल्यू डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ।
जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २’ नेपाल सरकारको अर्थ मन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ। उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
लघु, साना तथा मझौला उद्यमको विकासले देशको आर्थिक विकास तथा रोजगारी सिर्जनामा अहम भूमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशअन्र्तगत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने जनाएको छ।
परियोजनाले विशेषगरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा रु. २ लाख देखी रु. ४० लाख सम्म) प्रदान गर्नेछ। उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तीय पहँुच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगका माध्यमबाट दिगो तथा समतामूलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ।
विकास बैंकहरुमध्ये अग्रपंक्तिमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालयमाफर्त सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकका ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19