काठमाण्डौ। आफूसँग भएको पैसा कुन बैंकमा राख्ने ? कुन बैंकमा राख्दा कति फाइदा हुन्छ ? तपाइँ पनि यस्तै सोचिरहनुभएको छ भने अब धेरै सोच्नुपर्दैन। एनआईसी एशियामा सर्वश्रेष्ठ बचत खाता खोल्नुस् र पाउनुस् मुद्दति निक्षेपबराबरकै ब्याजदर। 

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सधैँ आकर्षक र अतुलनीय फाइदासहितका निक्षेप योजनाहरू ल्याउने गरेको एनआईसी एशिया बैंकले बचत खातामा रकम राखे पनि मुद्दति निक्षेपबराबरकै फाइदा दिने नेपालमा पहिलोपटक स्विप इन स्विप आउट फाइदा ल्याएको छ। आफूसँग भएको रकम बचत खातामा राख्ने कि मुद्दति निक्षेपमा भन्ने सोच धेरैमा हुन सक्छ। बचत खातामा पैसा जम्मा गर्दा भनेका बेला सहजै निकाल्न सकिन्छ तर ब्याजदर कम पाइन्छ। अब मुद्दति निक्षेपमा रकम राखे बचतको भन्दा धेरै ब्याजदर त पाइन्छ तर तोकिएको मितिसम्म राख्नै पर्छ वा समयअगावै निकाल्न परेमा केही प्रिम्याच्युअर चार्ज तिर्नपर्ने हुन्छ। अधिकांश बैंकहरूमा हुने यहीँ नै हो। तर एनआईसी एशिया बैंकमा भने फरक छ। बैंकले एउटै खातामा तपाइँलाई मुद्दति निक्षेपकै ब्याजदर र बचत खाताको जस्तै पैसा चाहिएको बेला सहज रुपमा निकाल्न र राख्न सक्ने सुविधा दिन्छ। 

बैंकिङ क्षेत्रमै हेर्नुभयो भने एनआईसी एशिया बैंकले जसरी यस्तो फाइदा अरु बैंकहरूले दिएका छैनन्। बचत खातामै मुद्दति निक्षेपको ब्याजदर पाउने भएपछि यसले ग्राहकको चाहनालाई बैंकले कति बुझेको छ भन्ने प्रस्ट हुन्छ। एनआईसी एशिया बैंकले ग्राहकको चाहानलाई पूरा गर्नका लागि सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत खाता खोल्ने ग्राहकलाई ‘स्विप इन, स्विप आउट’ सुविधा उपलब्ध गराएको छ। 

स्विप इन–स्विप आउट भनेको बचत खाता र मुद्दति खाता दुवैको गुणहरू समाहित गरेको एक उच्चतम फाइदा हुने सर्वाेत्कृष्ट सुविधा हो, जसमा तपाइले बचत खाताको जस्तै इच्छाइएको समयमा बैंकबाट आफ्नो रकम निकाल्न पनि सक्नुहुन्छ र खातामा जम्मा भइरहँदा मुद्दति निक्षेपको उच्च ब्याजदर प्राप्त गर्नुहुनेछ।

कसरी पाइन्छ त बचतमै मुद्दति निक्षेपको ब्याजदर ? 

एनआईसी एशिसा बैंकले ‘स्विप इन, स्विप आउट’ भन्ने सुविधा सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर श्रेणीअन्तर्गत ल्याएको छ। यो प्रोडक्टअनुसार तपाइँले बचत र मुद्दति निक्षेप दुवैको सुविधा एकै खातामा पाउन सक्नुहुनेछ। यो योजना बैंकले गुडबिल एम्बासडर श्रेणीका ग्राहकरुलाई लक्षित गर्दै ल्याएको हो।

कहिलेकाहीँ तपाइँलाई आफूसँग भएको केही रकम बचत खातामा जम्मा गरौँ कि मुद्दतिमा राखौँ भन्ने दोधार हुनसक्छ। मानौँ, तपाइँले आफ्नो नाममा भएको जग्गा एक करोड रुपैयाँमा बिक्री गर्नुभयो र बिक्री भएको भन्दा अझ राम्रो जग्गाको खोजीमा हुनुहुन्छ। जग्गा नभेटुन्जेल पैसा बैंकमा राख्नैपर्यो। फेरि आफूलाई मन पर्ने जग्गा खोजेको १५ दिनमै भेटिन पनि सक्छ कहिलेकाहीँ ६ महिना वा वर्षदिन पनि लाग्न सक्ला। जग्गा नभेटिएसम्म बैंकमा पैसा राख्नुपर्यो बचतमा राखौँ कि मुद्दतिमा ? यो दोधार तपाइँलाई पक्कै हुनसक्छ। बचत खातामा रकम राखे तपाइँले अहिले बढीमा ७.५ प्रतिशतसम्म ब्याजदर पाउनु हुने भयो। मुद्दति निक्षेपमा राखे यो भन्दा धेरै अर्थात १०.०५ प्रतिशत ब्याजदर पाइन्छ। तर तोकिएको समयसम्म रकम राख्नुपर्ने हुन्छ।

तपाइँले जग्गा बिक्री गरेर प्राप्त भएको १ करोड रुपैयाँ एनआईसी एशिया बैंकको एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेर जम्मा गर्नुभयो भने २ लाख रुपैयाँ भन्दा बढी रकम अर्था ९८ लाख रुपैयाँ स्विप इन भएर ३ महिनाका लागि मुद्दति खातामा जान्छ। किनकि यो सुविधाअनुसार २ लाख रुपैयाँभन्दा माथि जति पनि रकम हुन्छ, यो १० हजारको गुणाले हुन आउने रकम ३ महिनाका लागि मुद्दति खातामा स्वतः स्विप इन हुने हो। यसरी उक्त रकम तीन महिना पूरै खातामा रहेको खण्डमा मुद्दती निक्षेप खाता बराबरको ब्याज आउने भयो तर तीन महिनाअघि नै तपाइँलाई पैसा निकाल्नुपर्ने भयो भने पनि स्विप आउट गरेर निकाल्न सक्नुहुन्छ र यसमा केही शुल्क लाग्दैन।

फेरि अहिले बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) अभाव छ। यस्तो अवस्थामा बैंकले चाहेको बेला फिर्ता नदिने हो कि भन्ने तपाइँलाई लाग्न सक्छ। यो सबै तनावको छुट्कारा पाउन तपाइँले तपाइँसँग भएको पैसा एनआईसी एशियामा सर्वश्रेष्ठ बचत खाता खोली ढुक्कले राख्न सक्नुहुन्छ। 

स्विप इन–स्विप आउट सुविधाअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खाता/सर्वश्रेष्ठ नारी बचत खाता/सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा २ लाख रुपैयाँभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजार रुपैयाँले गुणन गरी तीन महिनाको मुद्दति निक्षेपमा स्वतः रकमान्तर गर्नेछ। सो रकममा वार्षिक १०.०५ प्रतिशतको दरले ब्याजदर प्राप्त हुनेछ। यसरी मुद्दति निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकताअनुसार विना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ।

एनआईसी एशिया बैंकले ग्राहकको चाहनालाई सधैँ अग्रभागमा राखेर आकर्षक योजनाहरू ल्याउने गरेको छ। ग्राहकका चाहनाहरू कसरी पूरा गर्न सकिन्छ भनेर सधैँ सोच्ने एनआईसी एशिया बैंकको स्विप इन–स्विप आउट सुविधा बैंकिङ क्षेत्रकै नवीन र उत्कृष्ट सुविधा हो।

देशकै सर्वश्रेष्ठ बैंक एनआईसी एशिया बैंकले आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा सर्वश्रेष्ठ ब्याजदर, सर्वश्रेष्ठ बीमा सुविधा, सर्वश्रेष्ठ कर्जा सुविधा लगायत २४ वटा सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत तथा मुद्दति खाताहरू समेटिएको सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता ल्याएको छ। यस सर्वश्रेष्ठ बचत खातामा ग्राहकहरूलाई बैंक तथा वित्तीय संस्थाहरूमै सर्वाधिक धेरै ब्याजदर सुविधामात्रै नभई बीमातर्फ ३ वटा फाइदाहरू, कर्जातर्फ ३ वटा फाइदाहरू र १८ अन्य अतुलनीय फाइदाहरू गरी कुल २४ वटा सर्वश्रेष्ठ फाइदाहरू समेटिएका छन्। 

बैंकले सर्वश्रेष्ठ बचत तथा मुद्दति खाताहरू गुडविल एम्बेसडर (The NIC ASIA Goodwill Ambassador), प्राइड (The Pride of NIC ASIA Bank) र पार्टनर (The Partner of NIC ASIA Bank) गरी तीन श्रेणीमा ल्याएको छ। पार्टनर श्रेणीमा न्यूनतम मौज्दात रु. २५,०००, प्राइडमा न्यूनतम रु. ५०,००० र गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात रु. १००,००० बाट खाता खोल्न सकिन्छ। यी सबै प्रकारका खातामा ७.०५% को वार्षिक सर्वाधिक ब्याजदर प्राप्त हुनेछ र खाताका प्रकार अनुसारका विभिन्न २४ फाइदाहरू उपलब्ध हुनेछन्। जसमा गुडविल एम्बेसडर श्रेणीको खातामा रु. २१ लाखसम्मको ३ प्रकारका बीमा, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट तथा पूर्व स्वीकृत कर्जा सुविधाका साथै ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाका साथै निःशुल्क होम बैंकिङ सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने, Portfolio Management Service मा ५०% छुट, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा सतप्रतिशत छुट सुविधा लगायत १८ वटा अन्य फाइदाहरू प्राप्त गर्न सकिनेछ। 

सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दति निक्षेपमा (व्यक्तिगत) सर्वाधिक उच्च ब्याजदर वार्षिक १०.०५% सुविधा प्रदान गरिएको छ। त्यसैगरी न्यूनतम रु. ५०,००० मौज्दात गरी खोलिने प्राइड श्रेणीको खातामा वार्षिक आकर्षक ७.०५% को अलावा ग्राहकहरूले डिम्याट एवं मेरो सेयर, लकरमा वार्षिक दस्तुर र Portfolio Management Service मा पहिलो वर्ष ५०% छुट, पूर्वस्वीकृत कर्जा सुविधाअन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात कर्जामा बेस रेटमा थप २ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नुहुन्छ। अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा लिइने वार्षिक शुल्कसमेत पहिलो वर्षका लागि निःशुल्क हुने व्यवस्था गरिएको छ। न्यूनतम रु. २५,००० मौज्दात गरी खोलिने पार्टनर श्रेणीको खातामा पूर्वस्वीकृत कर्जा सुविधाअन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात कर्जामा बेस रेटमा थप ३ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सकिन्छ। अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा लिइने वार्षिक शुल्कसमेत पहिलो वर्षका लागि निःशुल्क हुने व्यवस्था गरिएको छ।