काठमाण्डौ । पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्यअनुरुप एसएमएस बैंकिङ सेवाको शुभारम्भ गरेको छ ।
संस्थाको शनिबार आयोजित एघारौं वार्षिक साधारणसभाका अवसर पारेर यो सेवाको शुभारम्भ गरिएको हो । शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न मुनाल डिस्काउन्ट कार्डको समेत निशुल्क वितरण सुरु गरिएको छ । हाल यो डिस्काउन्ट कार्डबाट पोखराका विभिन्न हस्पिटलबाट औषधी, ल्याब तथा विशेषज्ञ सेवामा न्युनतम दश प्रतिशतदेखि अधिकतम तिस प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननिय किरण गुरूङले मुनाल सहकारीले गरेको कार्यको प्रशंसा गर्दै सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने बताउँदै पैसालाई जति चलायमान बनाउन सकियो देशको अर्थतन्त्र त्यति नै मजबुत हुने बताए। कार्यक्रममा कोषाध्यक्ष नारायणबहादुर थापाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, सचिव मगनलाल श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र लेखासमितिका डिलाराम लामिछानेले प्रस्तुत गरेको लेखासमितिको प्रतिवेदन उपर छलफल गरि सर्वसहमतिले पारित गरिएको मुनाल सहकारीका प्रबन्धक अम्बर बहादुर थापाले बताए ।
समारोहमा सहकारीका शेयर सदस्य रमेशराज पौडेल र गोदावरी गिरीलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट कर्जा उपयोगकर्ताबाट सम्मान गरिएको थियो । वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी कृष्णकुमारी पौडेललाई सम्मान गरिएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago