काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रका रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ।
यो साझेदारीसँगै मेगा बैंकका खातावालले अब सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरु मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन्। मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन्।
यस सुविधामार्फत ग्राहकले हरेक कारोबारका लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन्। उनका अनुसार अब मेगा बैंकका ग्राहकले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन्। मोकोसँग सहकार्य गरी ग्राहकलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरिन्।
मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रुपले फरक प्रकारको वालेट हो। यो एपले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डीएसएस) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित ब्याक–इन्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख बिश्व सिंहले जानकारी दिए।
सिंहका अनुसार मोको डिजिटल वालेट प्रयोगकर्ताले युनिफाइड क्यूआर पेमेन्टको समेत लाभ लिन सक्नेछन्। यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ता र मेगा बैंकका कार्ड प्रयोगकर्ताले अली पे, नेपाल पे, युनियन पे, भिसाजस्ता विभिन्न डिजिटल प्लेटफर्ममार्फत स्क्यान एन्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन्।
मोको प्रयोगकर्ताले प्रत्येक कारोबारका लागि रिवार्ड प्वइन्टहरु प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड प्वइन्टहरु पछि मोकोका सहयोगी र साझेदारहरुमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्नसमेत प्रयोग गर्न सकिन्छ। मोको एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19