काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जाका लागि आवश्यक परामर्श दिने भएको छ।
तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट साना तथा मझौला कर्जा विभागका प्रमुख जनक भट्टराई, मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, नेपाल स्थानीय तयारी पासाक उत्पादक संघका तर्फबाट अध्यक्ष किशोर नेपालबीच हिजो शनिबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। जसमा मेगा क्यापिटलले तयारी पोसाक उत्पादन गर्ने उद्यमीव्यवसायीको व्यवसाय तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिने र दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणलगायतका बैंकमा कर्जाका लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमीव्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ।
यसले स्थानीयस्तरमा तयारी पोसाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आबद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago