काठमाण्डौ । सेयर बजारमा आईपीओको लहर चलिरहेको छ। कम लगानीमै अधिकतम मुनाफा हुने भएपछि आमलगानीकर्ता आईपीओमा लागिरहेका छन्। तर डिम्याट खोल्न पठाएको हप्तौँसम्म पनि डिम्याट खाता नआउने र जसोतसो लामो समयपछि डिम्याट खाता खुले पनि मेरो सेयरको लगइन पासवर्ड नआउने आमलगानीकर्ताको गुनासो सर्वत्र सुनिन्छ।
यो समस्या समाधान गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडले एक कार्यदिनमै डिम्याट र मेरो सेयरको लगइन युजर र पासवर्ड दिने जनाएको छ। सेवाग्राहीले दिउँसो २ बजेसम्म डिम्याट फाराम भरेमा सोही दिन डिम्याट खाता र मेरो सेयर दिने मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठले बताए।
देशैभरका मेगा बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर वा मेगा क्यापिटल मार्केट्स लिमिटेडमा दिउँसो २ बजेभित्र फाराम बुझाएका ग्राहकलाई सोही दिन डिम्याट खाता नम्बर र मेरो सेयर लगइन युजर र पासवर्ड प्रदान गर्ने गरी मेगा क्यापिटलले व्यवस्था मिलाइसकेको र सोहीअनुसार भइरहेको श्रेष्ठले जानकारी दिए। यदि कदमकदाचित सोही दिन डिम्याट नखोलिएमा डिम्याट शुल्क फिर्ता गर्ने मेगा क्यापिटलले ग्यारेन्टी गरेको छ। यसले सेवाग्राहीलाई सहज र तनावमुक्त रुपमा नेपालको सेयर बजारमा भित्रिने बाटो खोलिदिने मेगा क्यापिटलको विश्वास छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago