काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।
कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन्।
डिजिटल बैंकिङअन्तर्गत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो।
दराज डटकमको बेभसाइट तथा मोबाइल एपमार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ। दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकलाई अनुरोध पनि गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago