काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ।
मेगा बैंक र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन्।
यसैगरी मेगा बैंकका ग्राहकलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ।
मेगा बैंकका ग्राहकलाई यसअघिदेखि नै काठमाण्डौलगायत देशका विभिन्न अस्पतालले विशेष छुट दिँदै आएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19