काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले मुद्दति तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ।
नेपालीको महान चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो। ग्राहकले मेगा बैंकको मुद्दति खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्।
यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदरमध्येको एक हो।
यसैगरी मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ। ‘मेगा महाबचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ। दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने मेगा बैंकले जनाएको छ।
ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा मुद्दति तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकलाई आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago