काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाण्डौको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ।
मेगा बैंक र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षण र ल्याबमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन्।
मेगा बैंकका ग्राहकलाई यसअघिदेखि नै काठमाण्डौलगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19