काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ।
प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१, बागमती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१, चौतारा साँगाचोकगडी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२ सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ सेवाको विस्तार गरेको हो।
शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउँपालिका १ सुनसरीमा प्रबिनकुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१ सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउँपालिका–२ सातदोबाटो, धादिङमा नारायणप्रसाद सिम्खडालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ।शाखारहित बैंकिङ सेवाअन्तर्गत बैंकले नियुक्ति गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने व्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीका लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने व्यवस्था रहेको छ।
बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहँुच पुर्याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण औजारका रुपमा रहिआएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago