काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरेकी हुन्। मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो।
मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारीसमेत प्रदान गरेको थियो।
श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन्। ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्।
भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19