काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ।

मेगा बैंकको दसौं बार्षिकोत्सवका अवसर पारेर ग्राहकलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो। अब साना तथा मझौला व्यवसायीले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन्। यो ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ। 

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ। मेगा बैंकका देशभर छरिएका २०६ वटा शाखाबाट यो सुविधा पाइनेछ। 

कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ।