काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध महिला सुनचाँदी व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीलाई १५ लाख रुपैंयाँसम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउने बैंकले जनाएको छ।
यो कर्जाले महिला उद्यमीलाई आत्मनिर्भर बनाउन थप उत्साह र ऊर्जा मिल्ने बैंकको विश्वास छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago