काठमाण्डौ ।मेरिकोले नेपालमा लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरण शुरु गरेको छ।

लिभोन प्रोटिन श्याम्पूको प्रयोगले कपाल हेरचाह गर्ने बताइएको  छ। कम्पनीले उक्त ब्रान्डलाई प्रबर्द्धन गर्न नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ।

प्रोटिनयुक्त गुण रहेको यो श्याम्पू तीन फरक भेरियन्टमा  रहेको छ । जसमा नरीशिङ केयर्, एन्ती हेयरफल र ड्यामेज रिपेयर रहेको छ । 
मेरिको लिमिटेड विश्वव्यापी सौन्दर्य र वेलनेसका क्षेत्रमा काम गर्ने भारतको अग्रणी उपभोग्य सामग्री उत्पादक कम्पनी हो।